१० श्रावण २०८३, आइतबार | July 26, 2026

सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना



महोत्तरी । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ ।

प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरेका छन् । नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ ।

गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको नवस्थापित नम्बर ३९ रिजर्भ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिए। यस गणमा ६२१ जनशक्ति रहने व्यवस्था छ ।

सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनको काम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेअनुरुप नयाँ गण स्थापना भई सञ्चालनमा आएको हो । यो नवस्थापित गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी गर्ने जिम्मेवारी पाएको छ ।

अहिले प्रदेश–२ का दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा रिर्जभ गणको स्थापना गरिएको छ । बर्दिवासका साथै अर्को बाराको पिलुवामा यस्तै गण स्थापना गरिएको बाहिनीपति ब्रम्हचार्यले बताए ।

दुवै गण प्रदेशका आठ वटै जिल्लामा आवश्यकतानुसार परिचालित हुनेछन् । सामान्य रेखदेखको कुरामा पर्सा, बारा, रौतहट र सर्लाही जिल्ला पिलुवाले र महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बर्दिवासले सम्बन्धित जिल्लास्थित गणको समन्वयमा काम गर्ने गरी बाहिनीले निर्देशन गरेको छ ।

सशस्त्र प्रहरीले प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीमा सीमा सुरक्षा प्रबन्ध बढाउन यस अघि नै ७३ नयाँ सीमा सुरक्षापोष्ट थप्ने गृहकार्य थालिसकेको छ ।

यसक्रममा १२ वटा पहिलो चरणमा स्थापना भएर धमाधम सञ्चालन गरिने क्रममा छन् । त्यसैगरी दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ गरी प्रदेशभरि जम्मा १२३ सीमा सुरक्षापोष्ट पुर्याइने बाहिनीपति ब्रह्मचार्यले स्पष्ट पारे । पहिलो चरणमा परेका केही स्थानमा नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । यसअघि प्रदेशका आठ वटै जिल्लामा गरी ५० वटा सशस्त्र प्रहरी सीमा सुरक्षापोष्ट सञ्चालनमा थिए ।

सशस्त्र प्रहरी बलले रिर्जभ गण सञ्चालन गरेर सीमा सुरक्षापोष्ट र थप जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आउने सीमाक्षेत्रका सर्वसाधारणले आस सँगालेका छन् । रासस

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : १३ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि