१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गणेशमान सिंहको २३ औं स्मृति दिवसमा माल्यार्पण



बुटवल । नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा आज बिहान बुटवलको नगर पार्टी कार्यालय गणेशमान स्मृती भवनमा रहेको गणेशमानको शालिकमा माल्यार्पण गरिएको छ ।

माल्यार्पण कार्यक्रममा बोल्दैप्रमुख अतिथि नेपाली कां‌ग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति हरि लम्सालले नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरे ।

उक्त माल्यार्पण कार्यक्रममा कां‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गरेका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको बताए ।

नगर सचिब ज्योति भण्डारीले सिंहले देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो निकास पाउने बताए । सभापति पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : २० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू