१८ माघ २०८२, आइतबार | February 1, 2026

गण्डकी प्रदेशमा ५१ जनामा कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शनिबारको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्ला कास्की-१३, स्याङ्गजा-१, तनहुँ-३ र नवलपुरका-३४ गरी कूल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा-४ का ४०, १८, ४१ वर्षीय पुरुष त्यस्तै ७१ वर्षीया महिला, पोखरा-७ का ४७ वर्षीय पुरुष, पोखरा-८ का ३५, २८, २८ वर्षीय पुरुष, पोखरा-३० का २१ वर्षीय पुरुष, पोखरा-१२ का ५४, २४ वर्षीया महिला, पोखरा-२७ का २९ वर्षीय पुरुष, पोखरा-६ का३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३४०२ पुगेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : ०६ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा