१८ माघ २०८२, आइतबार | February 1, 2026

संबिधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदेश ५ का ३३ जनालाई बिभिन्न मानपदवी, अलंकार तथा पदकबाट विभूषण



बुटवल । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण गरिएका ५ सय ९४ जना मध्य प्रदेश नम्बर ५ बाट ३३ जना परेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले ५ सय १४ जनालाई विभूषण प्रदान गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले आज प्रकाशित प्रेस बिज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेको उल्लेख छ ।

राष्ट्रपतिले प्रदान गर्ने विभूषणको मानपदवीतर्फ सु-प्रसिद्ध प्रबल जनसेवा प्रथम डा। सन्दुक रुइतलाई दिइएको छ। यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु(प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जनाले पाएका छन्।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिले प्रदान गर्ने विभूषणमा प्रदेश ५ बाट विभिन्न कीर्तिमय राष्ट्रदीप (चतुर्थ) १ जना, प्रबल जनसेवाश्री (चतुर्थ) १६ जना, जनसेवाश्री (पञ्चम) १४ जना, नेपालप्रताप शुभुषण २ जनाले पाएका छन्।

प्रदेश ५ मा राष्ट्रपतिबाट विभूषण गरिएका ब्यक्तित्वहरु :

कीर्तिमय राष्ट्रदीप (चतुर्थ)
सि झोङ योङ, समाजसेवी, चिनिया गुम्बा लुम्बिनी

प्रबल जनसेवाश्री (चतुर्थ)
राघवेन्द्रकुमार श्रीवास्तव, साहित्यकार, कपिलवस्तु नगरपालिका–२ कपिलवस्तु
चक्रपाणी शर्मा, समाजसेवी, रुरु गाउँपालिका–२ गुल्मी
लीलतबहादुर वली, समाजसेवी, तुल्सीपुर–६ दाङ
राजेशकुमार अर्याल, पत्रकार, तानसेन–९ पाल्पा,
भरतकुमार शर्मा, प्रमुख जिल्ला अधिकारी, गुल्मी
विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी, अर्घाखाँची
गञ्जबहादुर एमसी, सहायक प्रमुख जिल्ला अधिकारी, दाङ
जोरासिंह माझी, सहायक प्रमुख जिल्ला अधिकारी, नवलरासी पश्चिम
चक्रपाणी शर्मा, प्रमुख प्रशासकीय अधिकृत, बुटवल उपमहानगरपालिका
गणेश चन्द, प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, दाङ
डा. प्रकाश थापा, मेडिकल सुपरिटेन्डेन्ट, भेरी अस्पताल, बाँके
डा. गोपाल लामा, लेक्चर प्याथोलोजी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
डा. सुदर्शन थापा क्षेत्री, कन्सल्टेण्ट जनरल फिजिसियन दसौं तह, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
योगेन्द्र भगत, बरिष्ठ जनस्वास्थ्य प्रशासक, दसौं तह स्वास्थ्य कार्यालय कपिलवस्तु
ज्योति पौडेल, नर्सिङ अधिकृत सातौ तह, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
नरेशबाबु श्रेष्ठ, जनस्वास्थ्य अधिकृत सातौं तह, स्वास्थ्य कार्यालय, बाँके

जनसेवाश्री (पञ्चम)
डा. कौशलेन्द्र श्रीवास्तव, समाजसेवी, रामग्राम नगरपालिका–२, नवलपरासी पश्चिम
गिरुप्रसाद भण्डारी, समाजसेवी, प्युठान नगरपालिका–४, प्युठान
जयबहादुर घर्ती, परिवर्तन गाउँपालिका–२, रोल्पा
जयकेश सिंह, समाजसेवी नेपालगञ्ज उपमहानगरपालिका–३, बाँके
डिबी टुहुरो, समाजसेवाी साहित्यकार, माडी गाउँपालिका–२, रोल्पा
दिलीप भण्डारी, किसान, रेसुंगा नगरपालिका–२, गुल्मी
मोहन बस्नेत, पत्रकार, रेसुंगा नगरपालिका–३, गुल्मी
सेरबहादुर गुरुङ, समाजसेवी, बुटवल–११, रुपन्देही
सविन प्रियासन, पत्रकार, दाङ
कुमार थापा, परिवार नियोजन सुपरभाइजर पाँचौ तह, स्वास्थ्य कार्यालय, कपिलवस्तु
सुमन सापकोटा, ल्याब टेक्निसियन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
झगबहादुर फेवाली, कार्यालय सहयोगी, जिल्ला प्रशासन कार्यालय, रोल्पा
राधेश्याम थारु, कार्यालय सहयोगी, कोष तथा लेखा नियन्त्रण कार्यालय, बाँके
विष्णु प्रसाद अधिकारी कार्यालय सहयोगी, जिल्ला प्रशासन कार्यालय, प्युठान

नेपालप्रताप शुभुषण
प्रतितसिंह राठौर प्रहरी नायब उपरिक्षक, इलाका प्रहरी कार्यालय, बुटवल
गजुसिद्दिकी बज्रचार्य, प्रहरी नायब उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्व

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ०९ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न