२ असार २०८२, सोमबार | June 16, 2025

राती निन्द्रा लाग्दैन ? यी उपाय अपनाउनु



बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहार पनि सुन्दर देखिन्छ । तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलाई त ओछ्यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने यी उपाय अपनाउनुस् जसले तपाईंलाई मस्तसँग निदाउन मद्दत गर्नेछन् ।

घामको ताप ताप्नुहोस्

अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ । हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस् । यसले साँझमा थकित अनुभव गराउँछ । जसले तपाईंलाई समयमै निद्रा पर्छ । साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ ।

सुत्ने समयमा नकारात्मक नसोच्नुहोस्

भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन । तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस् । जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस् । निश्चित रूपमा तपाईंलाई निद्राले छोप्नेछ ।

साँझको समय कफी, क्याफिन सेवन नगर्ने

तपाईंलाई थाहा छ रु चिया, कफीले निद्रा भगाउने काम गर्छन् । एकपटक सय मि।ग्रा। क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ । यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा पुर्‍याउन सक्छ ।

ओछ्यान आनन्दयुक्त बनाउनुहोस्

निदाउन शरीरलाई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ । जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस् । बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस् ।

खाना खानेबित्तिकै नसुत्नुहोस्
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसकारण खाना खाएको दुई/तीन घन्टापछि मात्र ओछ्यानमा जानुहोस् ।

व्यायाम गर्नुहोस्

बाहिरफेर हिँड्ने बानी गर्नुहोस् जसले तपाईंलाई राम्रो निद्रा पर्छ । समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ ।

साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस्

राति छिटो सुत्ने बानी गर्नोस् । छिटो सुत्ने बानीले तपाईंलाई आनन्द त मिल्छ नै । साथै राम्रो निद्रा पनि पर्छ ।

ओछ्यानमा जानुअघि यसो गर्नुहोस्

नुहाउनुहोस्, दाँत माझ्नुहोस् र उपयोगी पुस्तकका केही पृष्ठ पढ्नुहोस् । हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलाई तालिकामा चल्ने अभ्यास हुन्छ । यस्तो अवस्थामा शरीर आफैले सुत्ने समय भएको सन्देश दिन थाल्छ ।

ओछ्यान चिटिक्क पार्नुहोस्

सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ्यान सफा र चिटिक्क पार्नुहोस् । यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस् । कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस् । ढुक्क हुनुहोस्, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ ।

ठीक साइडमा मात्र सुत्ने गर्नुहोस्

सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन । मुटु, उच्च रक्तचापका रोगी छन् भने ठीक साइडमा सुत्नाले मुटुलाई दबाब पर्दैन । रक्त सञ्चारमा बाधा पर्दैन । र, सजिलै निदाउन सकिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : २५ बजे

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर