१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट दशैं अघि नै निर्माण सम्पन्न हुन्छ : राज्यमन्त्री मानन्धर



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने बताएका छन् ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको मानन्धरले जानकारी दिए ।

आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको जनाए । बर्खाको समय र लक डाउनका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडि बढिरहेको पोखरेलले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अघि बढिरहेको उनले दाबी गरे ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढीरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न उनले जनाए ।

बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ५२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग