१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

काठमाडौंमा संक्रमण रफ्तार झन बढ्दै, उपत्यकामा मात्रै ७६७ जना संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दैछ ।

आइतबार देशभर १३ सय २५ संक्रमित थपिँदा उपत्यकामा मात्रै ७६७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा मात्रै ६०२ जना संक्रमित थपिएका छन् ।

भक्तपुरमा १०१ जना संक्रमित बढेका छन् । यस्तै ललिलतपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर जम्मा ९ हजार ५८४ पीसीआर गर्दा १३ सय २५ संक्रमित थपिँदा काठमाडौंमा मात्रै ५० प्रतिशत भन्दा बढी संक्रमित थपिनुले उपत्यकाभित्र संक्रमणको भयावह अवस्थालाई प्रष्टयाउँछ ।

सबैतिर खुला भएको अवस्थामा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य अवस्थामा ध्यान नदिने हो भने उपत्यकाभित्रका जो सुकै पनि संक्रमित बन्न सक्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ३७ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु