१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाभेदले सोमबार राष्ट्रपति भवन, शीतल निवासमा बिदाइ भेट गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले नेपाल र पाकिस्तानबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गरिन ।

राष्ट्रपतिले छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको विचार गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ०३ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक