७ आश्विन २०८३, बुधबार | September 23, 2026

सार्वजनिक गाडीमा सिट रो मा एक जना मात्र बस्न आग्रह



काठमाडौं । सार्वजनिक यातायातमा एक सिट रो मा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्य रुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरेका छन् ।

“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उनले भने, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।”

सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् । सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जीवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको बताए ।

सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौं उपत्यकामा सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ ।

स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उनले अनुरोध गरे ।

कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उनले आग्रह गरे ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताए ।

अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११