६ आश्विन २०८३, मंगलबार | September 22, 2026

नयाँ नक्शा समेटेर शिक्षा मन्त्रालयले प्रकाशित गरेको पुस्तक वितरण गर्न सरकारद्वारा रोक



काठमाडौं । नेपालको नयाँ नक्शा समेटेर शिक्षा मन्त्रालयले तयार पारेको स्वाध्याय पुस्तक वितरण नगर्न सरकाले निर्देशन दिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर पारिएको जारी गरिएको नक्शा समेटेर केही दिनअघि नयाँ पुस्तक प्रकाशनमा ल्याइएको थियो ।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको ‘नेपालको भूभाग, सीमासम्बन्धी स्वाध्याय सामाग्री’ सरकारले हालका लागि वितरण गर्न रोक लगाएको हो ।

पुस्तकमा नेपालको क्षेत्रफल नमिलेको र प्रयोग गरिएका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएका कारण सो पुस्तक बजारमा तत्काल बिक्रि वितरण नगर्न सरकारले निर्देशन दिएको हो ।

पुस्तकमा प्रयुक्त भाषा र शैली र भूगोलका विषयमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले असन्तुष्टि जनाएका थिए ।

सरकारबाट प्रकाशित पुस्तक आधिकारिक हुने र त्यस्ता पुस्तकमा प्रयोग हुने भाषा कुटनीतिक मर्यादा बमोजिमको हुनुपर्ने परराष्ट्र मन्त्रालयले जिकिर गरेको छ । यस्तै, देशको कूल भूगोलको आधिकारिक क्षेत्रफलमा तलमाथि हुन नहुने भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्रालयको रहेको छ ।

सम्बन्धित मन्त्रालयहरुबीच समन्वय गरेर मात्र पुस्तक बजारमा ल्याउन निर्देशन दिइएको मन्त्री वर्षामान पुनले बताएका छन् ।

सो पुस्तकमा नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर राखिएको छ। नापी विभागले कुल क्षेत्रफल सार्वजनिक नगर्दै सरकारबाटै प्रकाशित पुस्तकमा समावेश गर्नु अनुचित भएको भूमिव्यवस्था मन्त्रालयका अधिकारीहरुले जिकिर गरेका छन् । लिम्पियाधुरा–कालापानी लिपुलेक क्षेत्रलाई नसमेटेको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मात्र रहेको छ । देशको क्षेत्रफल बढेको भएपनि ठ्याक्कै यति वर्ग किलोमिटर बढेको भनेर नापी विभागले अझै सार्वजनिक गरिसकेको छैन ।

यस्तै, पुस्तकमा नेपाल, भारत र चीनबीचको सीमा विवादबारे गलत तथ्य राखिएको, सरकारले गोप्य राख्नुपर्ने कतिपय नक्शालाई सार्वजनिक गरेको भन्दै परराष्ट्रमन्त्रालयका अधिकारीहरुले आलोचना गरेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पुस्तकको भूमिका मन्त्री स्वयंले लेखेका छन् । कक्षा ९ देखि माथिका विद्यार्थीलाई स्वाध्ययन गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको थियो ।

भदौ २९ गते शिक्षामन्त्री पोखरेलले पत्रकार सम्मेलन गरेर सो पुस्तक सार्वजनिक गरेका थिए ।

 

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : २५ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै