५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पल र साम्राज्ञी ‘रेड वाइन’मा अनुबन्धित



काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ ।

यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड वाइनमा अनुबन्धित भएका छन् । विशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बाँधिन लागेको हो ।

पल र साम्राज्ञीको साथमा सन्दीप क्षत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छन् । इमिलीले अमेरिकामा बनिरहेका म्युजिक भिडियोमा काम गरिरहेकी छन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छन् ।

चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित सुचारु भएपछि यो चलचित्रको युनिट अमेरिका छायांकनका लागि जाने तयारीमा जुट्नेछ ।

यो चलचित्र मार्फत निर्माता रमेश एमके पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा, गीतलेखन र निर्देशक पौडेलकै रहनेछ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रमेश एमके पौडेल सञ्चार क्षेत्रसँगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन् ।

हाल बोधी एचडी टिभी नेपाल र अमेरिकामार्फत सञ्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यसअघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन् ।

आर्यन फिल्मस प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र संवाद सविर श्रेष्ठले तयार पारेका हुन् ।

यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बीचमा अमेरिकाबाट आफूले सुरु गर्ने निर्देशक पौडेलले बताएका छन् । हाल अमेरिकामा रहेका पौडेल अहिले यो चलचित्रको निर्माणमा जुटेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : ३० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं