१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पल र साम्राज्ञी ‘रेड वाइन’मा अनुबन्धित



काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ ।

यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड वाइनमा अनुबन्धित भएका छन् । विशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी बाँधिन लागेको हो ।

पल र साम्राज्ञीको साथमा सन्दीप क्षत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छन् । इमिलीले अमेरिकामा बनिरहेका म्युजिक भिडियोमा काम गरिरहेकी छन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छन् ।

चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । नेपालबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित सुचारु भएपछि यो चलचित्रको युनिट अमेरिका छायांकनका लागि जाने तयारीमा जुट्नेछ ।

यो चलचित्र मार्फत निर्माता रमेश एमके पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा, गीतलेखन र निर्देशक पौडेलकै रहनेछ । लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रमेश एमके पौडेल सञ्चार क्षेत्रसँगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन् ।

हाल बोधी एचडी टिभी नेपाल र अमेरिकामार्फत सञ्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यसअघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन् ।

आर्यन फिल्मस प्रोडक्सन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र संवाद सविर श्रेष्ठले तयार पारेका हुन् ।

यो चलचित्रको सम्पूर्ण छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बीचमा अमेरिकाबाट आफूले सुरु गर्ने निर्देशक पौडेलले बताएका छन् । हाल अमेरिकामा रहेका पौडेल अहिले यो चलचित्रको निर्माणमा जुटेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : ३० बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा