७ आश्विन २०८३, बुधबार | September 23, 2026

हिमचितुवा शर्पाको निधनले पर्यटन मन्त्री भट्टराई स्तब्ध



काठमाडौं । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित साहसिक व्यक्तित्व आङरिता शेर्पाको हिजो भएको निधनप्रति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले दुःख व्यक्त गरेका छन् ।

मंगलबार शोक बिज्ञप्ति प्रकाशित गर्दै मन्त्री भट्टराईले शेर्पाको निधनले आफु स्थब्ध भएको बताएका छन् ।

शेर्पाको सोमबार विहान १०ः०० बजे काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।

शोक विज्ञप्तिमा कृत्रिम अक्सिजनको सहयोग विना दश पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरिएको छ ।

मन्त्री भट्टराईले शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको समेत बताएका छन् ।

सरकारले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई