२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा रहेको रिक्त पदहरुमा यथाशीघ्र पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

आइतबारदेखि जारी सचिवालयको मंगलबार बसेको बैठकले विभिन्न संवैधानिक निकायका कैयौं पदहरु पूर्तिगर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संवैधानिक परिषद्को बैठकमार्फत पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेको श्रेष्ठले बताए।

बैठकमा आइतबार छलफल भएको मन्त्रिपरिषद् पुनर्गठनबारे भने आज छलफल नै भएन । प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनका बारेमा अस्ति भएको बाहेक थप छलफल भएको छैन’ ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्ने विषयमा छलफल गरेको छ । सांगठनिक एकताबारे प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : ४२ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज