१९ आश्विन २०८३, सोमबार | October 5, 2026

नेकपा सचिवालय बैठक आज दिउसो १ बजे बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग-अलग डकुमेन्टमाथि छलफल हुने कार्यसूची रहेको छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा दुवै पक्षले आआफ्नै तयारी र रणनीति बनाएका छन् । ओली पक्ष केहि दिन अनौपचारिक छलफल गरेर निर्णायक बैठक बस्ने रणनीतीमा छ ।

यता, प्रचण्ड पक्षका बहुमत सदस्यहरु ओली उपस्थित नभए पनि शनिबारको बैठक बस्ने र पहिलेदेखि छलफलमा रहेका प्रस्तावहरुलाई अघि बढाउने तयारीमा रहेको देखिन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रचण्ड र ओलीसँग अलग-अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् । उनले विवाद वार्तामार्फत् सुल्झाउन दुवै पक्षलाई सुझाव दिएको बुझिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ३३ बजे

पुनःनिर्माण र पुनःस्थापनाका लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित

गुल्जार हुने कागबेनीधाम गुमनाम

मुस्ताङ । चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको

‘राहतमा चामलका बोरा र त्रिपाल प्रसस्त आएपनि बालबालिकाको किताव कसैले सोधेनन्’

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको