१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । तर बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अनुपस्थित भएका छन् ।

आफु निकट नेताहरुसँगको छलफलपछि यसअघि बैठकमा उपस्थित हुने भएको भनिएका ओलीले आजको बैठकलाई हिजोको पूर्वघोषणा अनुसार बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा प्रधानमन्त्री अनुपस्थित भएको जनाएका छन् ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर कार्यव्यस्तता भन्दै १ घण्टा पछि सारिएको थियो । प्रधानमन्त्री ओलीलाई कुर्दा उनी उपस्थित नभएपछि बैठक दिउँसो साढे २ बजेबाट सुरु भएको छ ।

बालुवाटारमै सुरु भएको बैठकमा अन्य सचिवालय सदस्यहरु भने उपस्थित छन् । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका प्रस्तावमाथि छलफल गरी स्थायी कमिटीमा छलफलका लागि पठाइने बुझिएको छ ।

ओलीले भने प्रचण्डले माफी माग्दै आफ्नो प्रस्ताव फिर्ता नगरेसम्म बैठक बस्नुको औचित्य नहुने बताइसकेका छन् । उनले आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड लगायतका नेताहरुले कु गर्न लागेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम