२५ असार २०८३, बिहिबार | July 9, 2026

भेरी अस्पतालका मेसुलाई कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर सेवा दिंदै आएका डा. थापालाई मंगलबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको डा. थापा स्वयंले बताएका छन् ।

डा. थापालाई कोरोना संक्रमणसंग मिल्दो शरीर थकित हुने, ज्वरो आउने भएपछि कोरोनाको आशंकामा उनको स्वाव निकालिएको थियो । भेरी अस्पतालको पीसीआर प्रयोगशालाको परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना पोजेटिभ देखिएको डाक्टर थापाले बताए ।

डा. थापा संगै भेरीमा कार्यरत करिब एकदर्जन विशेष चिकित्सक सहित भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीपनि यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमित अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीहरु निको भएर काममा फर्किसकेका छन ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : २१ बजे

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास