२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

नाष्टले बनायो पीपीई र मास्क परीक्षण गर्ने यन्त्र



काठमाडौं । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यतानुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले जिकिर गरे ।

उनले भने, “यसबाट हरेक पीपीईलगायत मास्कको गुणस्तर पहिचान गर्न सकिन्छ। यस यन्त्रले पीपीई परीक्षण गर्दा १५ किलो पास्कल दबाबमा एयसटिएम १६७० अन्तर्राष्ट्रिय मान्यतानुरुप सिंथेटिक रगत छिर्छ वा छिर्दैन हेर्ने र अर्को एयसटिएम १६७१ मान्यतानुरुप रगतमा भाइरस मिसाएर पीपीई परीक्षण गर्दा ब्याक्टेरिया अर्थात जीवाणुले कस्तो परिणाम दिन्छ यस बारेमा पनि जानकारी लिइन्छ ।”

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पिपिईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराए।

उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पिपिई च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पिपिइ तथा मास्क परीक्षणपछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताए ।

नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनिट्रेसन टेस्ट डिभाइस’ (पीसीटी) नाम दिएको छ । उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पीपीईलाई प्रमाणीकरण गरेर बजार प्रवद्र्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ ।

नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यता प्राप्त लिने क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : २६ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रसाद अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा