१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कोरोना संक्रमण बढ्नथालेपछि बेलायतमा नयाँ प्रतिबन्धको घोषणा



बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएकोले मंगलबार नयाँ प्रतिबन्धको घोषणा गरेको बताएका छन् ।

प्रधानमन्त्री बोरिसले कोभिड १९ का कारण अवस्था चिन्ताजनक बढ्दै गएकाले थप प्रतिबन्धहरु लगाउनु परेको बताए ।
सोही बमोजिम मंगलबार नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको हो ।

तर ती प्रतिबन्धहरु भने त्यति कडा छैनन् । यसअघिको भन्दा खुकुलो गरी हालका लागि प्रतिबन्धको घोषणा गरिएको प्रधानमन्त्री बोरिसको भनाई थियो ।

प्रधानमन्त्रीले विद्यालय, विश्वविद्यालयहरु खोल्न दिइने बताए। तर उनीहरुले पनि सुरक्षा सावधानीका कार्यहरु भने पूरा गर्नुपर्ने उनको भनाइ थियो । त्यस्तै सावधानीहरु अपनाएर, व्यापार व्यवसाय, होटल रेष्टुरेन्टहरु पनि सीमित संख्याका व्यक्तिहरुलाई मात्र सेवा दिने गरेर केही खुकुलो गरिने भएको छ ।

बेलायतमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म ३ लाख ९४ हजार २५७ जना संक्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यहाँ दोस्रो चरणमा कोभिडको संक्रमण प्रवेश गरेको बताइएको छ । यसै कारणले यहाँका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो अवस्था पनि आउन सक्ने चेतावनी दिएका थिए ।

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले थप प्रतिबन्धहरु घोषणा गर्नुभएको हो ।

यहाँका चिकित्सकहरुले पनि कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने बताएका छन् ।

दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर मात्रामा संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । यो फैलावट यहाँ पहिलो चरणको भन्दा पनि तीव्र रुपमा भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ०४ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा