२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतका रेल राज्यमन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु



एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार मृत्यु भएको छ ।

दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराती ६५ वर्षका उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमण भएको जानकारी गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्यमन्त्री अंगडीको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । मोदीले सुरेश अंगडी एक प्रतिबद्ध कार्यकर्ता भएको भन्दै उनले पार्टीलाई कर्नाटकमा बलियो बनाउन कडा मेहनत गरेको स्मरण गरेका छन् ।

सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : १५ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी