६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतका रेल राज्यमन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु



एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार मृत्यु भएको छ ।

दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराती ६५ वर्षका उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमण भएको जानकारी गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्यमन्त्री अंगडीको निधन भएकोमा दुःख व्यक्त गरेका छन् । मोदीले सुरेश अंगडी एक प्रतिबद्ध कार्यकर्ता भएको भन्दै उनले पार्टीलाई कर्नाटकमा बलियो बनाउन कडा मेहनत गरेको स्मरण गरेका छन् ।

सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : १५ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा