८ बैशाख २०८१, शनिबार | April 20, 2024

पहिरोमा पुरिएर स्याङ्जामा दुई जनाको मृत्यु, आठ जना बेपत्ता



स्याङ्जा । स्याङ्जाको विभिन्न स्थानमा पहिरो जाँदा दुई जनाको मृत्य भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ४ गौतम डाँडास्थित बस्ने बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाईको पहिरोमा पुरीएर मृत्यु भएको छ ।

बिहीबार बिहान अन्दाजी ०२:५० बजेको समयमा बाबुराम दमाई र जगत बहादुर दमाईको घर भन्दा १०/१५ मिटर माथिबाट पहिरो झर्दा दुवैको घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

घर भित्र रहेका बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाई ०५:३० बजे मृत अवस्थामा फेला परेको अधिकारीले बताए ।

त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ तमादि बस्ने माया नेपालीको घरमाथिबाट पहिरो झरी घर र गोठ पुरिँदा बिहान ६ बजे १ जनाको मृत्यु भएको अधिकारीले बताए ।

पहिरोमा १ जनाको जिवितै उद्दार गरी उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तर्फ पठाएको र उनको अवस्था चिन्ताजनक अधिकारीले जानकारी दिए ।

उक्त घरमा १० जनाको परिवार रहेको भन्ने बुझिएको र अहिले वालिङ प्रहरी कार्यालय वालिङबाट प्रहरी निरिक्षक हरी प्रसाद पौडेलको कमाण्डमा नगरपालिकाको डोजर सहित उक्त स्थानमा खटि बेपत्ता हुनेको खोजी कार्य भईरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ५४ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु