५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पहिरोमा पुरिएर स्याङ्जामा दुई जनाको मृत्यु, आठ जना बेपत्ता



स्याङ्जा । स्याङ्जाको विभिन्न स्थानमा पहिरो जाँदा दुई जनाको मृत्य भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

स्याङजाको कालीगण्डकी गाउँपालिका वडा नं ४ गौतम डाँडास्थित बस्ने बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाईको पहिरोमा पुरीएर मृत्यु भएको छ ।

बिहीबार बिहान अन्दाजी ०२:५० बजेको समयमा बाबुराम दमाई र जगत बहादुर दमाईको घर भन्दा १०/१५ मिटर माथिबाट पहिरो झर्दा दुवैको घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

घर भित्र रहेका बाबुराम दमाईको छोरा १६ वर्षीय बिष्णु दमाई ०५:३० बजे मृत अवस्थामा फेला परेको अधिकारीले बताए ।

त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ तमादि बस्ने माया नेपालीको घरमाथिबाट पहिरो झरी घर र गोठ पुरिँदा बिहान ६ बजे १ जनाको मृत्यु भएको अधिकारीले बताए ।

पहिरोमा १ जनाको जिवितै उद्दार गरी उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तर्फ पठाएको र उनको अवस्था चिन्ताजनक अधिकारीले जानकारी दिए ।

उक्त घरमा १० जनाको परिवार रहेको भन्ने बुझिएको र अहिले वालिङ प्रहरी कार्यालय वालिङबाट प्रहरी निरिक्षक हरी प्रसाद पौडेलको कमाण्डमा नगरपालिकाको डोजर सहित उक्त स्थानमा खटि बेपत्ता हुनेको खोजी कार्य भईरहेको अधिकारीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ८ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं