२५ मंसिर २०८०, सोमबार | December 12, 2023

नारायणी नदीमा पानीको बहाव खतराको विन्दुभन्दा माथि, गण्डक ब्यारेजको ३६ वटै ढोका खोलियो



कावासोती । नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले सतर्क गराएको छ ।

पूर्वी नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र विनयी त्रिवेणीका बाढी प्रभावित क्षेत्रका स्थानीयलाई प्रशासनलेले सतर्क रहन आग्रह गरेको हो । यसैगरी, चितवन जिल्ला प्रशासनले पनि नदी आसपासका क्षेत्रका जनतालाई सुरक्षित हुन सचेत गराएको छ ।

माथिल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भएपछि नारायणी नदीको सतह बढेको हो । बिहीबार बिहान ९:२५ बजे देवघाटमा नदीको सतह ८ दशमलव ०६ मिटर पुगेको छ ।

त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको सूचक मानिन्छ । जल तथा मौसम विभागका अनुसार नारायणघाट–गैंडाकोटस्थित नारायणी नदीको पुलमा भने ११ दशमलव ३ मिटर पुगेको छ । त्यहाँ ११ मिटरलाई सतर्कताको विन्दु मानिन्छ ।

नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ । निरन्तर वर्षासंगै नदीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ ।

मानव वस्तीमा क्षति पु-याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यलय नवलपरासी पूर्वले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी आनन्द भुसालले बताए ।

नारायणी नदीमा आउने बाढीले पूर्वी नवलपरासी र चितवनको भरतपुर महानगरपालिकाका तटीय क्षेत्रका बासिन्दाहरु प्रभावित हुँदै आईरहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : २९ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौं । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण

उद्योगी ब्यवसायीले पठाए प्रधानमन्त्री र गभर्नरलाई आन्दोलनको चेतावनी सहितको ज्ञापनपत्र

नेपालगन्ज । बैंक तथा बित्तीयसंस्थाहरुले ज्यादती गरेको भन्दै आन्दोलित भएका