२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण आठ वर्ष पुगिसक्दा पनि प्रहरीको अनुसन्धान पूरा हुन सकेको छैन् । आठ वर्षअघि आजकै दिन (२०७५ साउन १०) निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव निम्बुखेडाको उखुबारीमा भेटिएको थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमै चासोको विषय बनेको निर्मला प्रकरणमा प्रहरी संयन्त्र निरन्तर अनुसन्धानमा रहे पनि हत्यारा नजिक पुग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका साथै प्रहरीको माथिल्लो तहबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली अझै पनि घटनामा विभिन्न कोणबाट अनुसन्धानरत छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान जारी रहेको बताए ।

“यो प्रकरणमा प्रहरी सङ्गठनले सघन रुपमा लामो समयदेखि अनुसन्धान गर्दैछ”, प्रवक्ता रावतले भने, “प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पनि गम्भीर चासोका साथ विभिन्न कोणबाट अनुसन्धान जारी छ ।”

हरेकजसो सरकार गठन हुँदा निर्मलाको न्यायका लागि आवाज उठाउँदै आएको प्रकरण पनि हो । निर्मला प्रकरणले उग्ररुप लिँदा महेन्द्रनगरमा आन्दोलनमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ भगतपुरका सन्नी खुनाले ज्यान गुमाएका थिए ।

सयौँ व्यक्ति अनुसन्धानको घेरामा ल्याएको प्रहरीभित्र पनि डिएनए परीक्षणदेखि सुरक्षाकर्मीसमेत अनुसन्धानमा तानिएका थिए । माथिल्लो तहबाट छानबिन समिति गठन हुनेदेखि राज्यले गम्भीर भएर घटनाको अनुसन्धान जारी राखेको भए पनि अभियुक्तको पहिचान गरी कानूनी दायरामा ल्याउन भने आठ वर्ष बित्दा समेत सकिएको छैन ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ३४ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे