७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा अध्यक्षद्वयबीच भेटवार्ता, चर्चा मन्त्रीकै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्वयबीच पार्टी सचिवालय बैठकले गरेका निर्णयहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई अध्यक्षबीच छलफल गर्ने अनौपचारिक सहमति भएको थियो ।

यसैगरी पार्टीको सांगठनिक एकता पुरा गर्ने गरी ठोस प्रस्ताव तयार पार्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिइएको थियो । नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा लामो समयदेखि रिक्त रहेका पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो ।

यिनै विषयलाई कार्यान्वयन गर्नका लागि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच छलफल भएको बुझिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा धेरै नेताहरुको चासो जोडिएको छ । मन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका नेताहरुले आफुनिकट अध्यक्षलाई भेटेर दबाब दिन सुरु गरिसकेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीबारे सचिवालय बैठकले कुनै निर्णय गरेको थिएन । कति मन्त्री हटाउने, कति जना थप्ने विषयमा सहमति भएपछि मात्र पात्रको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १२ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११