२९ बैशाख २०८१, शनिबार | May 11, 2024

नेकपा अध्यक्षद्वयबीच भेटवार्ता, चर्चा मन्त्रीकै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यक्षद्वयबीच पार्टी सचिवालय बैठकले गरेका निर्णयहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई अध्यक्षबीच छलफल गर्ने अनौपचारिक सहमति भएको थियो ।

यसैगरी पार्टीको सांगठनिक एकता पुरा गर्ने गरी ठोस प्रस्ताव तयार पार्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिइएको थियो । नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा लामो समयदेखि रिक्त रहेका पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको थियो ।

यिनै विषयलाई कार्यान्वयन गर्नका लागि अध्यक्षद्वय प्रचण्ड र ओलीबीच छलफल भएको बुझिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा धेरै नेताहरुको चासो जोडिएको छ । मन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका नेताहरुले आफुनिकट अध्यक्षलाई भेटेर दबाब दिन सुरु गरिसकेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीबारे सचिवालय बैठकले कुनै निर्णय गरेको थिएन । कति मन्त्री हटाउने, कति जना थप्ने विषयमा सहमति भएपछि मात्र पात्रको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १२ : ३९ बजे

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको