२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एकपटक प्रयोग भएर पुनः बिक्रिका लागि राखिएका ३ लाख बढी कण्डम भियतनाम प्रहरीबाट बरामद



एकपटक प्रयोग कण्डम डिस्पोज गर्नुपर्ने हो नि ! तर, भियतनाममा यस्तो गिरोह छ, जसले एकपटक प्रयाग भैसकेका कण्डम संकलन गरेर गैरकानुनी बिक्रि गर्ने धन्दा गर्छ ।

भियतनाम प्रहरीले प्रयोग भैसकेका तर पुनः बिक्रिमा राखिएका ठूलो परिणाममा कण्डम हालसालै बरामद गरेको छ ।

सर्वसाधारण ग्राहकलाई वेच्न राखिएका झण्डै ३ लाख २० हजार त्यस्ता कण्डम प्रहरीले बरामद गरेको भियतनामका सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण भियतानमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा फेला प्रहरीले ती कण्डम फेला परेको हो । प्रहरीले सो गोदामको मालिक भनिएकी एक महिलालाई पनि पक्राउ गरेको छ ।

भियतनाम प्रहरीका अनुसार प्रयोगमा आइसकेका ती कण्डमलाई पखालेर लिङ्ग आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको थियो । त्यस्ता कण्डमलाई पुनः प्याकिङ गरेर बजारमा वेच्ने गरिएको बताइएको छ ।

पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो १७ अमेरिकी सेन्टमा आफुले किन्ने गरेको बताएको भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीले जनाएको छ ।

अहिलेसम्म त्यस्ता कण्डम कति परिणाममा बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन। -एजेन्सी

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १० : २२ बजे

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना