२८ भदौ २०८३, आइतबार | September 14, 2026

कण्डमका मालिक भन्छन, ‘बिज्ञापनका लागि सबैभन्दा बेष्ट एक्टर जान्हवी कपुर’



मुम्बइ । बलिउड कलाकारहरूले फिल्ममार्फत आफ्नो करियर चम्काए पनि कतिपय कम्पनीहरूले उनीहरूमार्फत नै आफ्नो ब्रान्ड चम्काउँने गर्दछन्  । धेरै फिल्म स्टारहरू विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर छन्। यो लिस्टमा करीना कपुर, मलाइका अरोरा, कट्रिना कैफ देखि कार्तिक आर्यनसम्मको नाम समावेश रहेका छन्।

कन्डम कम्पनी म्यानफोर्सका संस्थापक तथा प्रबन्ध निर्देशक राजीव जुनेजाले हालै आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूबारे कुरा गरेका छन् । यस क्रममा उनले केही स्टारहरुको नाम लिएका थिए, जसलाई उनी आफ्नो कम्पनीको लागि अप्रोच गर्न चाहन्थे तर स्टारहरुले उनको त्यो अफर मानेनन् ।

राजीव जुनेजाका अनुसार कण्डमको विज्ञापनका लागि उत्कृष्ट अभिनेता को हुन सक्छ भन्ने प्रश्नमा राजीवले भने– ‘कण्डमका लागि ? कसैको लागि ? जान्हवी कपूर सही छिन्, उनी सबैभन्दा राम्रो विकल्प हुन्।’ यसपछि राजीवले रणवीर कपुर र लक्ष्य लालवानीको नाम पनि लिस्टमा थपेका छन् । तर, राजीवले जान्हवी र रणवीरले कन्डम कम्पनीको ब्रान्ड एम्बेसडर बन्न अस्वीकार गरिसकेको जनाए ।

किन सनी लियोनीको स्थानमा कार्तिक आर्यन राखियो ? सन् २०२३ मा राजीव जुनेजाले अभिनेता कार्तिक आर्यनलाई आफ्नो कम्पनीको कण्डमको ब्राण्ड एम्बेसेडर बनाएका थिए । त्यसपछि कार्तिकले सन्नी लियोनीलाई रिप्लेस गरेका हुन । यसको कारणबारे राजीवले खुलेर कुरा गरे । उनले भने– ‘कार्तिक आर्यनलाई लिनुको खास कारण पुरुष पक्षमा अलिकति जान्नु पर्ने हुन्छ।’

राजीवले प्रेज्ञा न्युजसँग प्रेग्नेन्सी टेस्ट किटको बारेमा पनि थप कुरा गरेका छन । उनले अहिले यसको ब्रान्ड एम्बेसडर अनुष्का शर्मा सही विकल्प भएको बताएका छन् ।  यदि उनीहरूले ब्रान्डका लागि अर्को अभिनेत्री छनोट गर्ने हो भने दीपिका पादुकोण राम्रो विकल्प हुनेछन् तर राजीवले दीपिकालाई यसबारे सोध्नु उनको हैसियत भन्दा माथि हुने पनि बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १० : १४ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा