२१ मंसिर २०८२, आइतबार | December 7, 2025

डा.गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर : मानवअधिकार आयोग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर गोविन्द केसीसँग भएका विगत सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केसीसँग सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरुप्रति गम्भीर बन्दै कार्यान्वयनस्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले चिकित्साशिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील बन्दै केसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य अवस्था विग्रिँदै गएकोले अनसनको नवौं दिन डा. के.सी. लाई नेपालगञ्ज हुँदै काठामाडौं ल्याई वीर अस्पतालस्थित ट्रमा सेन्टरमालगिए पनि उहाँलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको पाइएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्चजोखिम रहेको अनुगमनको क्रममा बुझिएको छ ।’

आयोगले आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

डा. के.सी.को जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ३५ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज