२८ असार २०८३, आइतबार | July 12, 2026

गृहमन्त्री थापा पुगे दार्चुलाको छाङरु, बाह्रैमास सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरीको तयारी



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक कालापानी नजिकै दार्चुलाको छाङरु पुगेका छन् ।गृहमन्त्रीको नेतृत्वमा सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहितको टोली छाङरु पुगेको हो ।

छाङरुमा सशस्त्र प्रहरीको बेस क्याम्प रहेको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्शा जारी गरेसँगै सरकारले कालापानीबाट १८ किलोमिटर पूर्व छाङरुमा सशस्त्रको सीमा सुरक्षा क्याम्प राखेको थियो ।

एक प्लाटुन मात्र राखिएको सो क्याम्पलाई स्तरोन्नती गरी सशस्त्र प्रहरीले गुल्म बनाउन लागेको छ । गृहमन्त्री थापा सोही गुल्मको भवन सिलन्यासका लागि छाङरु पुगेका हुन् ।

नेपाली सेनाको स्काई ट्रकबाट सुर्खेतसम्म पुगेका गृहमन्त्री थापासहितको टोली त्यहाँबाट सेनाको हेलिकोप्टरमा छाङरु पुगेको हो । थापाको टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने समेत रहेका छन् ।

भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ । छाङरुमा गुल्म स्थापना गरिएसँगै सीमावर्ती दार्चुलाको विभिन्न स्थानमा बोर्डर आउट पोर्ट वीओपी समेत थप हुनेछन् । हिँउदको समयमा अत्याधिक हिउँ पर्ने सो स्थानमा बाह्रैमास बस्न मिल्नेगरी आधुनिक भवन बन्ने छ ।

छाङरुको गुल्ममा डीएसपीको कमाण्डमा एक सय ६० जनाको सशस्त्र प्रहरीको टोली बस्न थालिसकेको छ । गृहमन्त्रीसहितको टोलीले टिंकर र कौवा क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

नेपालले नयाँ नक्शा जारी गरेसँगै सशस्त्रको प्लाटुन खडा गरेपछि पारीपट्टी भारतले पनि आफ्ना सुरक्षाकर्मीको सख्या थप गरेको छ ।

कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रमा भारतका झण्डै ५ हजार सुरक्षाफौज रहेकोमा अहिले १० हजारजति फौज थपिएका छन् ।

पूर्वतर्फ नेपालसँग सीमा अतिक्रमण गर्दै आएको भारतले उत्तरतिर चीनको उपस्थितिलाई कमजोर बनाउन सुरक्षा फौज थपेको विश्लेषण गर्न सकिन्छ ।

भारत र चीनबीच पूर्वी लद्दाख/अक्साई चीनस्थित एलएसीमा हिंसात्मक तनाब बढ्दै गएपछि भारतले कालापानी लिपुलेक क्षेत्रमा आफ्नो फौजको संख्या थप गरेको हो । सो क्षेत्रमा अहिले भारतीय सैनिक विमान र हेलिकोप्टरहरुले दिनहुँ ओहोरदोहोर गर्नेगर्छन् ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ५५ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन