२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाका लागि गृह मन्त्रालयको ग्रीन सिग्नल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अघि बढाउन सरकारले अनुमति दिएको छ । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको छ ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा नहुने लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताए ।

यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले अव छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने जनाए ।

गोल्छाले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवस्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने स्पस्ट पारे ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो ।

सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

कोभिड १९ का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेसन रोकिएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल बनाएर यसअघि नै चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ५३ बजे

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई