३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित



सुर्खेत । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए।

“कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,” उनले भने, “वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनको भनाइ छ ।

सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ०० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना