२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतको हिन्दुवादी संगठन ‘आरएसएस’लाई ‘नाजी’सँग तुलना



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मु काश्मिरको विवादलाई अन्तराष्ट्रिय वैधताको आधारमा समाधान गरिनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानलले जम्मु काश्मिरको विवादलाई अन्तराष्ट्रिय वैधताका आधारमा हल नगरेसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व नआउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानले भनेका छन्, सुरक्षा परिषद्ले यस खतरनाक विवादलाई रोक्नुपर्छ र आफ्नो पहिलेको प्रस्तावलाई लागु गर्नु पर्छ जसरी पूर्वी टिमोरमा गरिएको थियो ।’

प्रधानमन्त्री खानलले आफ्नो सम्बोधनमा जम्मु काश्मिर विवाद, अल्पसंख्यकहरुमाथि गरिएको व्यवहार र आरएसएसको हिन्दुत्ववादी एजेण्डालाई लिएर भारतमाथि कडा प्रहार गरेका छन् ।

खानले भारतमाथि काश्मिरमा मानवअधिकार हनन एवं सेनाको प्रयोगलाई लिएर आरोप समेत लगाएका छन् ।
उनले भनेका छन्, म यो स्पष्ट पार्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएस नेतृत्वको सररकाले यदि पाकिस्तान विरुद्ध आक्रमण गर्ने कोशिस गर्यो भने त्यसका विरुद्ध अन्तसम्म लड्न पाकिस्तान तयार रहनेछ । भारतको यस्तो राष्ट्रसँग प्रत्यक्ष मुठभेड हुनेछ जसले आफ्नो स्वतन्त्रताका लागि अन्तसम्म लडाईं जारी राख्नेछ ।’

प्रधानमन्त्री खानले आरएसएसलाई जर्मन नाजीसँग तुलना गरेका छन् । आरएसएसका संस्थापक सदस्य नाजीबाट प्रभावित भएको र उनीहरुमा नस्लीय शुद्धता एवं वर्चस्व जस्तो अवधारणा रहेको जिकिर गरेका छन् ।

‘नाजीहरुले यहुदीलाई घृणा गर्दथे । आरएसएसले मुसलमान एवं केही हदसम्म इसाईविरुद्ध नाजीले जस्तै व्यवहार गर्दछ । आरएसएसवालाले भारतलाई खाली हिन्दुको मात्र देश भएको मान्छन् र गान्धी एवं नेहरुको धर्मनिरपेक्षताको स्थानमा हिन्दु राष्ट्र बनाउने सपना देखेका छन्, खानले भनेका छन् । उनले आफ्नो भाषणमा सन् २००२ को गुजरात दंगाको पनि प्रसंग उठाएका थिए ।

खानले पाकिस्तानले नियन्त्रण रेखामा भारतको उक्साहटपूर्ण कारवाहीका वावजुद अधिकतम संयम देखाएको दाबी गर्दै सबै समस्याको सधैं शान्तिपूर्ण समाधानका लागि तयार रहेको बताए ।

इमरान खानले जम्मु काश्मिरमा धारा ३७० हटाउने कुराको फेरि पनि आलोचना गरेका छन् । भारत सरकारले राज्यमा अहिलेसम्म बसोबास रहेको जनसांख्यिक यथास्थितिमा बदलाव ल्याउने कोशिस गरिरहेको आरोप समेत लगाएका छन् । जसका कारण, भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को प्रस्तावमा उल्लेखित जनमत संग्रह प्रभावित पार्न खोजेको खानको आरोप छ ।

खानले गत वर्ष उठाएको विकासशील देशमा अवैध वित्तीय प्रवाह, जलवायु परिवर्तन एवं विश्व स्तरमा देखिएको इस्लामोफोवियाको विषयमा पनि गम्भीर प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री खानले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले पाकिस्तानलाई पनि प्रभावित पारेको भन्दै त्यसविरुद्ध लड्नका लागि सबै मिल्नुपर्ने जनाए । महामारीबाट जोगिन पाकिस्तानमा कडा लकडाउन लगाएको भन्दै खानले महामारीलाई आफ्नो देशमा कम गर्न सफल भएको समेत जिकिर गरे । एजेन्सी

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १२ : ०९ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख