६ आश्विन २०८३, मंगलबार | September 22, 2026

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन



कावासोती । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।

वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन शुरु गरेका हुन् ।

जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन शुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य वैकल्पिक विधिबाट पठनपाठन गर्न सम्भव नभएका स्थानका केही विद्यालयले पठनपाठन शुरु गरेका हुन् ।

अनलाइन कक्षाको सम्भावना नभएका स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएका हुन् ।

“बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको जोखिमसमेत कम भएको हुँदा त्यस्ता ठाउँका केही विद्यालयले पठनपाठन शुरु गरेका छन्”, एकाइ प्रमुख पोखरेलले भन,“ती स्थानमा अन्य वैकल्पिक विधिबाट पढाउने अवस्था पनि नभएपछि विद्यालयमै पठनपाठन शुरु गरेका छन् । जिल्लामा सामुदायिक ३१२ र संस्थागत ९३ विद्यालय छन् ।

पठनपाठनशुरु गरेको शान्ति निकुञ्ज माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि माथिका कक्षा सञ्चालन गरिएको छ । साना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन असहज हुने भएपछि ६ कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिएको छ ।

कक्षा ६, ८ र १० का विद्यार्थी आइतबार, मङ्गलबार र बिहीबार विद्यालय आउँछन् । कक्षा ७, ९ र १२ का विद्यार्थी सोमबार, बुधबार र शुक्रबार आउँछन् । कक्षा ११ को भने पठनपाठन शुरु नगरिएको उनले जानकारी दिए ।

“एक दिनको अन्तर राखेर विद्यार्थी पढ्न आउँछन्, एउटा कक्षामा कम्तीमा २५ जनासम्म विद्यार्थी, एउटा बेन्चमा दुई जना मात्रै राखेर कक्षा सञ्चालन गरिएको छ”, प्रधानाध्यापक न्यौपानेले भने।

विद्यालयले थर्मलगनले ज्वरो नाप्ने र घरबाट आउँदाजाँदासमेत विद्यार्थीलाई अनिवार्यरूपमा दूरी कायम गर्न लगाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ३ : ३२ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै