२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सोमबार र बिहिबार छाडेर आईतबार बस्यो मन्त्रिपरिषदको बैठक, यस्ता छन् बैठकका निर्णयहरु



काठमाडौं । मन्त्रिपरिषदमा हेरफेर, बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा बिषेश निर्णयको चर्चाका साथ नियमित दिन भन्दा फरक दिनमा बसेको मन्त्रिपरिषदको बैठकले केहि सामान्य निर्णयहरु गर्दे सकिएको छ । सामान्यतया सोमबार र बिहिबार बस्ने गरेको मन्त्रिपरिषदको बैठकले कृषि अनुसन्धान परिषदको कार्यकारी नियुक्ति, इजरायल सरकारसँगको कृषि प्रबिधि हस्तान्तरणको अख्तियारी जस्ता सामान्य निर्णय गरेर समापन गरिएको छ ।

बैठकमा सहभागि एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

भण्डारीले बिगत केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा काम गर्दै आएका थिए ।

बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गर्ने निर्णय गरेको ती मन्त्रीले बताए ।

नियमित मिति र समय भन्दा फरकबार आईतबार अकस्मात बैठक डाकीएपनि बजारमा चर्चामा रहेको जस्तो मन्त्रिहरुको हेरफेर, स्वास्थ्य मन्त्रालयको सिफारिसमा लकडाउन गर्ने, बिद्य्त प्राधिकरणको कार्यकारी नियुक्ति जस्ता बिषयमा छलफल नै नभएको श्रोतले बताएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ३ : ४१ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग