१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खुल्यो सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक



बुटवल । अबिरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ।

शुक्रबार देखि अवरुद्ध रहेको सो सडकका ढुगा फोडेर एकतर्फी सडक सुचारु बनाइृएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा ठूलो ढुंगालाई फोडेपछि दिउसो ३ः३० बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारोयण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार बुटवल पाल्पा सडकको सिद्धबाबा देखि चरचरेसम्ममा मात्र करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो हटाईएको छ । अधिकांश स्थानमा एकतर्फी मात्रै गाडी चल्नसक्ने गरि सडक खुलेको डीएसपी पाण्डेले बताए ।

शुक्रबार देखि सडकमै अलपत्र परेका लामो लाईनमा रहेका गाडीहरु सुचारु भएपनि पटक पटक जाम हुने र खुल्ने गरेको एकजना प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ४ : १६ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह