१९ आश्विन २०८३, सोमबार | October 5, 2026

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार



बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ ।

आज बिहान करिब ७ः३० बजेको समयमा काप्रा-बोहरागाउँ-छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको छ ।

घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका-३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए । चालक भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : ३६ बजे

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद