२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सालको अबैध काठ सहित एकजना काठ मिल संचालक कन्चनपुर प्रहरीको नियन्त्रणमा



महेन्द्रनगर । कन्चनपुर प्रहरीले ठूलो परिमाणमा सालको अबैध काठ बरामद गरेको छ ।

प्रदेश प्रहरीको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कन्चनपुरको संयुक्त टोलीले कञ्चनपुर लालझाडी गाउपालिका वडा न.४ देखतभुली पर्सियाबाट अबैध काठ बरामद गरेको हो ।

प्रहरीले देखतभुली पर्सियाका प्रदिप रानाले सञ्चालन गरेको आरामिलबाट अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा सालको कडी, ढोकाको चौखुट,झ्याल,ढोका,गोलिया,भ्यान्टीलेशन समेत गरी जम्मा २३५ थान, अन्दाजी ६० क्युफिट अबैध काठ बरामद गरेको कन्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको काठ र काठ सहित पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय कञ्चनपुर बुझाएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता नायव प्रहरी उपरिक्षक अमरबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : १४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी