२३ भदौ २०८३, मंगलबार | September 9, 2026

कन्चनपुरका १२ जना जुवाडे प्रहरी नियन्त्रणमा



कन्चनपुर । कन्चनपुर प्रहरीले कन्चनपुरको भिमदत्त नगरपालिका १० वाट जुवाको अड्डामा छापामारी १२ जना जुवाडे सहित अड्डा सञ्चालकलाई पक्राउ गरेको छ । नगरपालिकाको गड्डाचौकी स्थीत गोपाल कार्कीले सँचालन गरेको कार्की होटेल एण्ड लजमा प्रहरीले शुक्रबार छापा मारेको थियो ।

होटेलमा प्रहरीले खानतलासी गर्दा जुवा खेलमा संलग्न १२ जना ब्यक्ति, ३ गड्डी तास तथा नगद ४५हजार ६०० रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ब्यक्तिहरुमा कन्चनपुर भिमदत्त नगरपालिका ११ का पदम बोहोरा, पदम बोहरा, पदम सिंह खत्री, देबराज ओझा, कमल गुरुङ, करण सिंह सुनार तथा वार्ड नम्बर १० का नरेन्द्र सुनार, नन्दराज जोशी, दिल्लीराज जोशी, गोपाल कार्की र डिल्लीराज जोशी रहेका छन् । त्यसैगरि भिमदत्त नगरपालिका कै वाडस् नम्बर ६ का शंकर पाण्डे तथा वार्ड नम्बर ९ का करण सिंह कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाईने कन्चनपुर प्रहरीका प्रवक्ता डीएसपी अमर बहादुर थापाले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ४३ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी