२२ चैत्र २०८२, आइतबार | April 6, 2026

चितवनमा सशस्त्र प्रहरीको दुई बिओपी स्थापना



चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो । माडी नगरपालिका-९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा स्थापना गरिएका बिओपीको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरियो ।

सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बिओपीको उद्घाटन गर्दै आगामी दिनमा सीमा सुरक्षा थप मजबुत् बन्ने बताए ।

उनले भने, ‘एउटा बिओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको छ, सीमा रक्षामा थप कटिबद्ध हुन प्रेरित गरेको छ ।’ यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट थिए ।

थपिएका दुई सँगै पाँच पोष्ट पुगेको छ । माडीमै थप एक पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसअघि बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको उनले बताए ।

सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए । उनले भने, ‘पहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा थिए, पहिलो चरणमा दुईवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।’

उनले थपिएका पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिए । हाललाई भने पोष्टमा २५ जना प्रहरी तैनाथ गरिएको छ । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : २८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको