७ आश्विन २०८३, बुधबार | September 23, 2026

ललितपुर महानगरपालिकामा फुटपाथ पसल निषेध



ललितपुर । ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ ।

ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो ।

कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौँ ।” महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ ।

फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे । यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ । रासस

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई