२० बैशाख २०८१, बिहिबार | May 2, 2024

चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्, – नेपाल-चीन सम्बन्ध बिगार्न चाहने तत्व असफल हुनेछन्



काठमाडौं । चीनका लागि नेपाली राजदुत महेन्द्रबहादुर पाण्डेले नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेका छन् ।

चीनसँग हुम्लामा सीमा विवाद रहेको भनेर केही दिनयता चलाइएको हल्लाकै बीच राजदूत पाण्डेले दुई मुलुकबीच सीमा विवाद नरहेको स्पष्ट पारेका हुन् ।

चीनको सरकारी समाचारपत्र पिपुल्स डेल्लीको टेब्लोइड पत्रिका ग्लोबल टाइम्सलाई विशेष अन्तर्वाता दिँदै राजदूत पाण्डेले नेपाल र चीनबीचको सम्बन्धलाई बिगार्न चाहने तत्व सफल नहुने जनाएका छन् ।

राजदूत पाण्डेले नेपाल र चीनबीच कुनै सीमा समस्या नरहेको स्पष्ट पार्दै सीमा विवाद र समस्या प्रधानमन्त्री चाउ यनलाईको समयमा नै समाधान भएको बताएका छन् । दुवै मुलुकले सुझवुझपूर्ण ढंगले सीमा समस्या समाधान गरेको उनले जिकिर गरेका छन् ।

पाण्डेले नेपालको केही भूभाग भारतले कब्जा गरेको स्पष्ट पारेका छन् । सन् १९६२ को चीन भारत युद्धमा भारत पराजित भएपछि भारतीय सेना अस्थायी रुपमा नेपाली भूभागमा बसेपनि पछि उनीहरुले त्यो भूभागलाई आफ्नो भएको दाबीगरेको राजदूत पाण्डेले जिकिर गरेका छन् । भारतसँग सीमा समस्या समाधानका लागि प्रयत्न भैरहेको पनि उनले बताएका छन् ।

राजदूत पाण्डेले ऐतिहासिक डकुमेन्ट र प्रमाणका आधारमा सीमा समस्या समाधानको वैज्ञानिक निस्कर्षमा पुग्नुपर्ने बताएका छन् । यसलाई दुवैपक्षले सम्मान गर्नुपर्ने उनको धारणा छ ।

केह विदेशी मिडिया आउटलेटस् विशेषगरी भारतीय मिडियाले नेपाल र चीनको बढ्दो सम्बन्धका कारण सुरक्षा चिन्ता बढेको प्रचारवाजी गरिरहेको विषयमा ग्लोबल टाइम्सले सोधेको प्रश्नमा पाण्डेले त्यस्ता विषयलाई खारेज गरेका छन् । पाण्डेले त्यस्ता आरोपलाई तथ्यमा आधारित नभएको बताउँदै पक्षपातपूर्ण रवैया भएको जनाएका छन् । उनले भयको मनोविज्ञानले कसैको हित नगर्ने स्पष्ट पारेका छन् ।

भारत उपनिवेश रहेको समयमा नेपाल सार्वभौम स्वतन्त्र मुलुक रहेको स्मरण गर्दै राजदूत पाण्डेले आफुहरु कसैको वैचारिक समुह या कुनै प्रकारको शक्तिको पछि लाग्न इच्छुक नभएको स्पष्ट पारेका छन् । भारतीय मिडियाले पक्षपातपूर्ण समाचार प्रकाशित प्रसारति गरेको हुनसक्ने र आफ्ना पाठक या दर्शकलाई गुमराह पारेको हुनसक्ने राजदूत पाण्डेले बताएका छन् । तर, यो वास्तविकता नभएको उनको भनाइ छ ।

चीन र नेपालबीचको सहयोग स्वभाविक र मैत्रिपूर्ण रहेको राजदूत पाण्डेले जिकिर गरेका छन् । यो कुनै क्षेत्रीय सवाल नभएर एकअर्कालाई सहयोग गर्ने विषय भएको स्पष्ट पारेका छन् । उनले चीन र भारत नेपालका दुई छिमेकी भएको बताउँदै एक अर्कासँग डराउन नपर्ने जनाएका छन् । बरु, सँगै हात मिलाएर साझा सोच र आपसी हितका लागि सहयोगका साथ अघि बढ्नुपर्ने उनले बताएका छन् ।

चीन नेपाल रेल लाइन विस्तारका लागि दुवै देशले मेहनतपूर्वक काम गरिरहेको राजदूत पाण्डेले बताएका छन् । उनले प्रिफिजिविलिटी अध्ययनको काम भैसकेको भन्दै कोरोना महामारी सकिएपछि काम अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । अहिले दुवै पक्षले पेपर वर्क गरिरहेको भन्दै उनले रेलवेको काम सम्पन्न गर्न ५ वर्षभन्दा बढी लाग्नसक्ने बताएका छन् ।

राजदूत पाण्डेले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् । तिब्बत, हङकङ, मकाऊ, ताइवान चीनको अभिन्न अंग भएको बताउँदै पाण्डेले नेपालबाट चीन विरोधी गतिविधि गर्न कसैलाई छुट नभएको स्पष्ट पारेका छन् ।

भारत र नेपालबीचको खुला सीमाका कारण केही अवाञ्छित तत्व नेपालमा प्रवेश गरेर चीन विरुद्ध गतिविधि गर्न सक्ने बताउँदै पाण्डेले दुई देशबीचको सम्बन्धलाई खलल पुरयाउन खोज्ने तत्वमाथि नियन्त्रण गरिने जनाएका छन् । नेपालको जमिन कुनै पनि मित्र देशविरुद्ध प्रयोग गर्न नदिने उनले स्पष्ट पारेका छन् ।

नेपाल र तिब्बतबीच समान संस्कृति र भाषा रहेको जनाएका छन् । तिब्बत र नेपालबीच कनेक्टिभिटी बढ्दै गएको जनाउँदै तिब्बत र नेपालबीच कुनै पनि समस्या नरहेको स्पष्ट पारेका छन् ।
व्यावसायिक रूपले नेपालका केही उत्पादन तिब्बत निर्यात हुने गरेको तिब्बतबाट नेपालमा सामान आयात हुने गरेको जनाउएका छन् । कनेक्टिभिटीका लागि लागि सडक निर्मार्ण भैरहेको जनाउँदै पाण्डेले दुई मुलुकबीच रेल्वे लाइन बढेपछि व्यवसायिक गतिविधि वृद्धि हुने विश्वास गरेका छन् ।

राजदूत पाण्डले चीनको बेल्ट एण्ड रोड एनिसियटिभको प्रशंसा गरेका छन् । चीनले अघि सारेको बीआरआई परियोजनालाई कुनै देशले वैचारिक भिन्नताका कारण आलोचना गरे पनि त्यो सफल नहुने दाबी गरेका छन् ।

पाण्डेलाई केही महिना अघि मात्र चीनका लागि राजदूत नियुक्त भएका थिए । गत वर्ष राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणको समयमा गरिएका दुई पक्षीय सहमति सम्झौता कार्यान्वयनमा आफ्नो विशेष जोड रहने उनले बताएका छन् ।

 

ग्लोबल टाइम्समा प्रकाशित राजदूत पाण्डेको पुरा अन्तर्वार्ता

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ४२ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य