१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्व रेबिज दिवसमा सडक कुकुरलाई भ्याक्सिन



बुटवल । विश्व रेबिज दिवसको अवसरमा सोमबार बुटवलका सडक कुकुरहरुलाई भ्याक्सिन लगाईएको छ ।

बुटवलका ४ जना युवाहरुको अगुवाईमा दिवसमा भ्याक्सिनेसन कार्यक्रम गरिएको हो ।

मानिसहरुलाई छाडा कुकुरहरुबाट रेबिजको सम्भावना हुने भएकाले अभियानका रुपमा अघि बढाईएको युवाहरु बताउछन । अल केयर नेपालमा आवद्ध युवाहरु आकास धिमाल, अस्बिन केसि, रमेश रिजाल र दिपक रिजालले लक डाउनसंगै बुटवलमा छाडा कुकुरहरुलाइ खाना खुवाउने र संरक्षणको काम अघि बढाएका हुन ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भ्याक्सिन सहयोग तथा पग्लिहवा कृषि क्याम्पसका भेटनरी सर्जन डा. गंगा यादव, डा सुदिक्षा पण्डित, भेटनरियन विद्यार्थीहरु केशव लम्साल र सन्दिप पौडेलले प्राविधिक सहयोग गरेका छन । रिफ्रेस क्याफे र लाईन एण्ड लेमन लन्च बारले समेत सहयोग गरेको छ ।

कार्यक्रम एक हप्तासम्म संचालन हुने अल केयर नेपालका दिपक रिजालले बताए । बुटवलका मुख्य चोकहरु ट्राफिक चोक, सुख्खानगर, योगिकुटी, डिगरनगर, देविनगर लगायतका क्षेत्रमा सिभिर राखिने उनले बताए । सन २०३० सम्म जिरो रेबिज लक्ष्य अनुसार नेपाल सरकारका योजनाहरु नलागेको उनले दुखेसो गरे ।

रेबिज लागेको कुकुरको टोकाईबाट धेरै मानिसको मृत्यु हुने गरेको भएपनि यसतर्फ स्थानिय सरकारको समेत चासो जान सकेको छैन । गएको आर्थिक वर्ष रुपन्देहीमा ७ हजार ८ सय जनालाई कुकुरले टोकेको थियो भने पछिल्लो दुई महिनामात्र १ हजार २ सय जनालाई कुकुरले टोकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ४९ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच