१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

वातावरण संरक्षणमा शाइन रेसुङ्गा बैंकको सहकार्य



बुटवल । वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धनमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुटवल उपमहानगरपालिकासंग सहकार्य गरेको छ ।

बुटवलको कालिकानगरमा पर्ने सिक्सलेन सडकको बीचको मेडियन (मुख्य डिभाइडर) र लुम्बिनी बस टर्मिनल (नयां बसपार्क) अगाडिको ट्राफिक आइल्याण्ड क्षेत्रलाई हरियालीयुक्त र आकर्षक बनाउने कार्यका लागि बैंकले उपमहानगरसंग सम्झौता गरेको छ ।

उपमहानगरपालिकाको डिजाइन अनुसार अनेकतामा एकरुपता ल्याउने गरी सिक्सलेनको तीनसय मिटर क्षेत्रको मेडियनमा फूल बिरुवा रोप्ने र सिंचाईका लागि पानी टंकि राखेर थोपा सिंचाई गरी हरियाली बनाउने सम्झौता भएको छ ।

यस्तै बसपार्कको ट्राफिक आइलेण्डलाई रेलिङले सुरक्षित गरी व्यवस्थित र आकर्षक बनाउने सम्झौता पनि भएको छ । हरियाली प्रवद्र्धन र ट्राफिक आइलेण्ड व्यवस्थित गर्न लाग्ने सम्झौता अवधिको खर्च बैंकले ब्यहोर्ने गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले शाइन रेसुङ्गा बैंकको सहकार्यले बुटवलको वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि उपमहानगरसंग सहकार्य गरेको बताए ।

यसअघि बैंकले तिलोत्तमा नगरपालिकामा पनि हरियाली प्रवद्र्धन सिक्सलेन सडक किनारका पोलमा राख्न नगरपालिकालाई डस्टबिन दिएको थियो । यस्तै सैनामैना नगरपालिकालाई पनि डेढ सय थान डस्टबिन दिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ०० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू