१९ आश्विन २०८३, सोमबार | October 5, 2026

अवरुद्ध बेनी-बागलुङ सडक तीन महीनापछि सञ्‍चालन



बागलुङ । तीन महिनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो आएपछि गत असार महिनादेखि नै सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि कुनै पनि यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

यसअघि सडक तीन महिनासम्म अवरुद्ध हुँदासमेत मर्मतका लागि सडक डिभिजन कार्यालयले चासो नदेखाएको भन्दै सडक प्रयोग गर्ने म्याग्दी र बागलुङका उपभोक्ताहरुले डिभिजन कार्यालयमा धर्नासहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बेनी–मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी-बागलुङ सडक अवरुद्ध हुँदा बेनपा-१ रत्नेचौर र वडा नं २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए ।

सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई बजार ल्याउन समस्या भएको थियो । रासस

 

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ९ : ३१ बजे

बुटवलमा कम मूल्यमा घरजग्गा लिलामी गरेको भन्दै लुम्बिनी विकास बैंकविरुद्ध धर्ना

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-९ मिलनचोकस्थित तीनतले घरसहितको जग्गा

आजदेखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्दै आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आजदेखि

बागलुङ पहिरो अपडेट : ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

बागलुङ । निसीखोला गाउँपालिका-३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को

युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ : टंकप्रसाद पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद