१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १० लाख नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघेको छ । महामारी सुरु भएको १० महिनाको बीचमा विश्वभर कोरोना संक्रमणबाट १० लाख बढीको मृत्यु भएको हो ।

कोरोनाको आधिकारिक तथ्यांक संकलन गर्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकमध्ये आधी अमेरिका, ब्राजिल भारत र मेक्सिकोमा रहेका छन् ।

पछिल्लो जारी तथ्यांक अनुसार अमेरिकामा भाइरसको संक्रमणबाट २ लाख ५ हजार ३१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ४२ हजार ५८ जनाले ज्यान गुमाइसकेका छन् भने भारतमा ९५ हजार ५४२ जनाको मृत्यु भएको छ । यसैगरी मेक्सिकोमा ७६ हजार ७३० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटरेशले कोरोना भाइरसबाट भएको मृत्युलाई जीवनकै हृदयविदारक घटना भएको बताएका छन् । महासचिव गुटरेशले यो संकटविरुद्ध लड्नका लागि अन्तराष्ट्रिय सहयोग एवं नेतृत्वको आवश्यकता भएको जिकिर गरेका छन् ।

यद्यपी कैयौं जानकारहरुका अनुसार मृत्युको यो आंकडा १० लाख भन्दा पनि धेरै हुनसक्छ । किनकी, कैयौं देशमा कोरोना भाइरसको परीक्षण कम छ । जसका कारण, कोभिड १९ बाट हुने मृत्यको सही ढंगले रेकर्ड नराखिएको हुनसक्छ ।

कोरोना संक्रमणको पहिलो केस १० महिना पहिला चीनको वुहान शहरमा रेकर्ड गरिएको थियो । वुहानबाट फैलिन सुरु भएको यो भाइरस अब १८८ देशमा पुगेको छ । विश्वभर अहिलेसम्म ३ करोड ३० लाख मानिस कोरोना संक्रमित भैसकेका छन् ।

नेपालमा हालसम्म ७४ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । कोरोनाबाट ४५० भन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ । ५४ हजार ६४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना महामारीलाई नियन्त्रण गर्न विश्वका ठूला मुलुकहरु भ्याक्सिनका लागि काम गरिरहेका छन् । यद्यपी, अहिलेसम्म कुनै पनि भ्याक्सिनको सफल भैसकेका छैनन् ।

केही देशले तयार पार्दै गरेको भ्याक्सिन अन्तिम क्लिनिकल ट्रायलको चरणमा रहेका छन् । तर, यी भ्याक्सिन पनि कमसेकम सन् २०२१ अघि आउने सम्भावना कतै देखिँदैन ।

विश्व स्वास्थ्य संगठनले यसअघि नै भ्याक्सिन आउनुपूर्व कम्तिमा २० लाख मानिसको ज्यान जाने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : ०० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम