१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडर



काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौता एक वर्षका लागि गरिएको हो ।

कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडर बनाएको धारणा व्यक्त गरे ।
प्रिन्सिपल श्रेष्ठले नेपाललाई फुटबलको माध्यमबाट चिनाउन सफल खेलाडीलाई मनास्लुको ब्रान्ड एम्बासडर बनाउन पाउँदा खुशी लागेको बताउदै खेलाडीलाई अवसर दिनुका साथै प्रतिभावन खेलाडीको संरक्षण गर्न मनास्लु सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्ध जनाए ।

पूर्व कप्तान थापाले टिमसंग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नु पर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

भारतमा सन् २०११ मा भएको साफ च्याम्पियनसिपअनतर्गत समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेश विरुद्ध खेलको अन्तिम समयमा फ्रिकिक मार्फत सागरले गरेको गोलले विश्वव्यापी चर्चा कमाएको थियो ।

यसै शैक्षिक वर्षदेखि सुरु भएको मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । मनास्लुले फुटबलका साथै बास्केतबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १० : २६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान