१९ आश्विन २०८३, सोमबार | October 5, 2026

कांग्रेस महाधिवेशन : बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबार उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ। बन्दसत्रअघि सोमबार काठमाडौंको खुलामञ्चमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनको बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने तयारी छ। केन्द्रीय समितिले प्रतिवेदन पारित गरेपछि मात्र बन्दसत्र सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनका अनुसार पार्टीले विभिन्न समितिलाई दिएको जिम्मेवारीअनुसार सम्बन्धित प्रतिवेदन तथा प्रस्ताव बैठकमा पेस हुनेछन्। ती प्रस्तावमाथि छलफल गरी केन्द्रीय कार्यसमितिले एजेन्डा अनुमोदन गरेपछि सोही आधारमा बन्दसत्र अघि बढ्नेछ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ।

बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन समितिले सोमबार साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। नामावली प्रकाशनपछि त्यसउपर दाबी–विरोध तथा आवश्यक छानबिनको प्रक्रिया अघि बढाइनेछ। प्राप्त दाबी–विरोधमाथि जाँचबुझ सम्पन्न भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ।

मंगलबार उम्मेदवारी मनोनयन

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।

उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट र समर्थन जुटाउने प्रयासलाई तीव्र बनाउँदै आएका छन्।

महाधिवेशनको बन्दसत्र र त्यसपछि हुने निर्वाचनले कांग्रेसको आगामी नेतृत्व तथा पार्टीको राजनीतिक दिशासमेत तय गर्ने भएकाले यसपटकको महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : ०६ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने