१ पुस २०८२, मंगलबार | December 16, 2025

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार



धादिङ । धादिङमा कोभिड-१९ को जोखिम बढ्दै गएकोले स्थानीय सरकारले क्वारेन्टिनलाई थप ब्यवस्थित गर्न थालेका छन् ।

बढ्दो सङ्क्रमण र आगामी चाडपर्वको कारणले क्वारेन्टिनको बसाई आचार-संहिता निर्माण देखि व्यवस्थापनमा उनीहरु जुटेका हुन् । शुरुआती चरणमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिनलाई प्रयोग गरिएको विद्यालय भवन खाली गरिएको छ ।

धादिङका सात स्थानीय सरकारले नयाँ ठाउँका क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहिता समेत जारी गरी समग्र व्यवस्थापन राम्रो बनाउँदै लगेका छन् । अब क्वारेन्टिन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गनुपर्ने र यसले अवश्य सङ्क्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए ।

अध्यक्ष तामाङले यसको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाई आचारसंहिताको निर्माण गरिएको छ भने । यसरी निर्माण भएको आचारसंहितालाई सात वटा पालिकाले अनुसरण गर्न थालेका छन् ।

स्थानीय सरकार नै बसाई आचार-संहिता निर्माणदेखि क्वारेन्टीनको ब्यवस्थापनमा जुट्दा सङ्क्रमित र जोखिममका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोज दिपक अधिकारीले बताए । यसमा स्वास्थ्य र सरसफाइका लागि अन्तरर्राष्ट्रिय गैह्रसरकारी संस्था डिसिएले सहयोग पुर्याएको छ ।

क्वारेन्टिनमा रहने प्रत्येक व्यक्तिलाइ आवश्यक पर्ने सरसफाइ सामाग्रीदेखि, इन्टरनेट, टेलिभिजन, महिला र पुरुषको लागि बेग्लाबेग्लै शौचालय र स्नानघर डिसिएले निर्माण गरिदिएको छ । व्यवस्थित क्वारेन्टिनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ त्यहाँको बसाई निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् ।

उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बस्न आएकी थिइन् । धादिङमा क्वारेन्टिन र आइसोलेसन बसाई सम्बन्धी नागरिक आचार संहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सात स्थानीय तहका १० क्वारेन्टिनलाई व्यवस्थित बनाइएको छ ।

खनियाबास, गंगाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन मापदण्ड अनुसार बनाएका छन् भने बसाई सम्बन्धी नागरिक आचार संहिता पनि लागू गरिएको छ । रासस

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ३० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा