२३ बैशाख २०८३, बुधबार | May 6, 2026

यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष



मलेखु । चाडपर्व सुरु भएर सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । सवारीले यात्रु ओराल्ने चढाउने र यात्रुको चाप बढी हुने स्थानको छनोट गरी राजमार्गको पाँच ठाउँमा र सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

यात्रुको गुनासो सुन्ने उद्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । “समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो”, गौतमले भने, “यात्रा गरिरहँदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गर्नेजस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षले सहयोग पुर्‍याउनेछ ।”

पृथ्वी राजमार्गको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको र यात्रुलाई ठगिनबाट जोगाउने पनि यसको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ–तिहार विशेष सुरक्षा योजना आजैदेखि लागू गराइएको छ । चार्डपर्वको बेलामा हुनसक्ने झैझगडा, चोरी, जुवातास लगायतका घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा सतर्कताको लागि धादिङमा प्रदेश प्रहरी कार्यालयबाट ६५ प्रहरी थप गरी परिचालन गरिने प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : २४ बजे

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको