७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा.नारायण पौडेल नियुक्त



नेपालगन्ज । बिश्व बिद्यालयहरुमा भागवण्डाका आधारमा राजनितिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्दै मध्यपश्चिम विश्वविद्यालयमा प्रतिस्पर्धाका आधारमा रजिष्ट्रार नियुक्त गरिएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट छनौट हुँदै विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । गत असार २२ गते आह्वान गरेको दरखास्तमा प्रतिस्पर्धिहरुलाई उछिन्दै डा. पौडेल रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

रजिष्ट्रारका लागि १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरि नियुक्तिका लागि सिफरिस गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा.डा. पौडेललाई रजिष्ट्रार नियुक्तिकालागि मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएकोमा कुलपतिका हैसियतले प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

उपकुलपति प्रा.डा. सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गर्दै प्रतिस्पर्धाको सुरुवात मध्य पश्चिम बिश्वबिद्यालयबाट भएकोमा खुसी ब्यक्त गरे ।

यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १० : ०९ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट