१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको तयारी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने गर्नेभएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार नियन्त्रण गर्न र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी आन्दोलन गर्ने तयारी गरेको हो।

‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम झन संकटपूर्ण बन्दै गएको छ । महामारीका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचार तथा अनियमिततामा मुछिएका छन् । बेरोजगारी र महंगी बढेको छ । यसको विरोध गर्नुको विकल्प छैन’, बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने ।

आगामी १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले सरकार विरुद्ध आन्दोलनका ठोस कार्यक्रम तय गर्ने पनि पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सरकार विरुद्ध उठेका यी सवालबारे छलफल गर्न अबिलम्ब संसद बैठक बोलाउन पनि काँग्रेसले माग गरेको छ ।

पदाधिकारी बैठकमा पार्टीभित्रको विवादबारे पनि छलफल भएको छ । सभापति देउवाले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा विरोधपत्र नै दर्ता गराएका छन् ।

त्यसबारे पनि १९ गते नै केन्द्रीय कार्यसमितिमा छलफल हुनेभएको छ । आजको पदाधिकारी बैठकमा भने महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : ५८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग