१३ भदौ २०८३, शनिबार | August 29, 2026

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता



काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘जे’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेको छ ।

टेक्ससको डल्लास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको १९ औँ मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३१ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई लाउतारो मार्टिनेजले सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको ५५ औँ मिनेटमा मुसा अल तमारीले जोर्डनका लागि एक गोल फर्काए पनि खेलको ८० औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनाको ३-१ को जित पक्का गरे ।

यस गोलसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्‍याएका छन् । साथै, उनी विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याउँदै आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन् ।

तीनै खेलमा जित निकाल्दै अर्जेन्टिनाले ९ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

पहिलोपटक विश्वकप खेलेको जोर्डनले अंक जोड्न नसके पनि प्रतियोगिताभर संघर्षपूर्ण प्रदर्शन गर्दै प्रशंसा बटुलेको छ ।

जारी प्रतियोगितामा ६ गोलसहित मेसी गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका छन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : १७ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको